महिला पुरुष एकआपसमा अँगालोमा बाँधिए तनाव नहुने

http://sindhulidarpan.blogspot.com/2013/02/relation.html
- अनुसन्धानकर्ताहरूले मानिसमा तनाव कसरी कम गर्न सकिन्छ भन्नेबारे लामो अध्ययन गरी एउटा सजिलो निष्कर्ष निकालेका छन् । तनाव भएका बेला महिला र पुरुषबीच अँगालोमा बाँधिए पछि तुरुन्तै तनाव कम भएको पाइएको अनुसन्धानकर्ताहरूले जनाएका छन् । यसरी अँगालोमा बाँधिदा तनाव कम हुने मात्र नभएर स्मरण शक्तिमा वृद्धि आउने गरेको अनुसन्धानकर्ताहरूले जनाएका छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार कुनै पनि मानिसको सामाजिक व्यवहार निर्धारण गर्न अक्सिटोसिन नामक हार्माेन जिम्मेवार हुन्छ । यो हार्माेनले आपसमा घनिष्ठता बढाउँछ । अँगालोमा बाँधिंदा शरीमा अक्सिटोसिन हार्माेन सक्रिय हुने र आपसमा आत्मीयता बढ्ने हुन्छ । आत्मीयताले तनाव कम गर्ने र स्मरण शक्ति पनि बढाउन मद्दत गर्ने जनाइएको छ । तर मनै नलागी अँगालोमा बाँधिदा भने त्यसको कुनै असर नपर्ने पनि जनाइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !