निस्क्रिय जीवनशैलीले यौन क्षमता घटाउने

http://sindhulidarpan.blogspot.com/2013/02/life-style.html
- व्यायाम गर्ने र छिटो छिटो हिंडेर मर्निङवाक गर्ने व्यक्तिमा यौन क्षमता वृद्धि हुनेबारे धेरैपटक अनुसन्धानकर्ताहरूले चर्चा गरिसकेका छन् । पछिल्लो अनुसन्धान अनुसार निस्क्रिय जीवनशैली भएकाहरूको यौन क्षमतामा पनि कमी आउने निष्कर्ष निकालेका छन् ।
ब्रिटिश जर्नल अफ स्पोर्टस् मेडिसिनमा प्रकाशित नतिजा अनुसार शारीरिक क्रियाशिलता भएका मानिसहरूमा शुक्रकीट पनि गुणस्तरीय हुने जनाइएको छ । १ सय ८९ जना पुरुषहरूको शुक्रकीट संकलन गरी उनीहरूको जीवनशैलीबारे सोधखोज गरी यस्तो तथ्य बाहिर ल्याइएको जनाइएको छ ।
शुक्रकीट गुणस्तरीय नभए पनि सन्तान उत्पादनमा भने कुनै कमी नआउने जनाइएको छ । तर गुणस्तरीय शुक्रकीटले यौन क्षमतामा सक्रियता आउनुका साथै त्यसबाट जन्मिने सन्तान पनि राम्रो हुने चिकित्सकहरूको भनाइ रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !