गोपीको उपचारको लागी केन्द्र लाग्दै

http://sindhulidarpan.blogspot.com/2013/02/gopi-thapa.html
ध्रुवचन्द्र खड्का
सिन्धुली,माघ २१ ।
शारीरिक रोगले ग्रस्त सिन्धुलीका साहित्य सर्जक गोपी थापामगरलाइ उपचारका लागि सिन्धुली बहुमुखी प्रतिभा केन्द्र सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीहरुले सहयोग अभियान कार्यक्रम सुरु गरेको छन् । क.न.पा. ४ बोझेमा बस्दै आउनु भएका गोपी सानै छदा हेपटाइटिस रोगले ग्रस्त हुनुहुन्थ्यो । तर केहि समय
अगाडी देखी मुत्रथैलीमा घाउ देखीएको र अप्रेशनका लागि डेढ लाख रुपैया लाग्ने भएपछि गोपीमाथि झन समस्या थुपरिएको छ । पारिवारिक आर्थिक अबस्था कमजोर भएका कारणले उपचार खर्च जुटाउनका लागि प्रतिभा केन्द्र केहिदिन देखी लागि परेको छ ।
सिन्धुली वहुमुखि क्याम्पसका प्रमुख सारदामणि खड्काले उक्त अथियानमा पुर्ण रुपमा साथ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । सहयोगका लागि बहुमुखि क्यामपसमा मात्र नभएर जिल्लाका संघ सस्था लगायत नगर स्तरीय क्यामसमा समेत सहयोगको आह्वान गर्ने प्रतिभा केन्द्रले जनाएको छ । गोपि थापा मगरको गोपि बौलाउदैँछ र अनायासै चोट लाग्यो नामका दुई कृतिहरु बजारमा आइसकेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !