सिन्धुलीमा रक्सि खाँएर श्रीमती कुट्ने पक्राउ


ध्रुवचन्द्र खड्का,
सिन्धुली,माघ २१ ।


मादक पदार्थ सेवन गरि श्रीमतीलाई कुटपिट गर्ने एकजनालाई आज सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको छ । रानिचुरी गाविस वडा नं. १ का सनमान स्यांवोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
स्यांवोले आज दिउँसो मादक पदार्थ सेवन गरि श्रीमती लक्ष्मी स्यांवोलाई निर्घात कुटपिट गरेका थिए । सनमानलाई प्रहरीले नियन्त्रणमा लिएर थप कारवाहि अगाडी वढाउने जनाएको छ भने घाइते लक्ष्मीको सिन्धुली अस्पतालमा उपचार भैरहेको छ ।

Related

स्थानिय 6406577589450780947

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item