पाहुनाले भने– प्रचण्डको लाईन ठिक छ

http://sindhulidarpan.blogspot.com/2013/02/news_3302.html
हेटौडा, २१ माघ ।
एकीकृत नेकपा माओवादीको हेटौडामा जारी सातौ महाधिवेशनको सफलताको सुभकामना दिन आएका विदेशी कम्यूनिष्ट पार्टीका प्रतिनिधिहरुले अहिले अध्यक्ष प्रचण्डले लिएको शान्तिपूर्ण रुपान्तरणको लाईन सहि भएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल मकवानपुर शाखाले आज हेटौडामा गरेको साक्षात्कारमा सोसलिष्ट कम्यूनिष्ट सेन्टरका पोलिटब्यूरो सदस्य अतिस भट्टचार्यले अब नेपालमा क्रान्ति र जनविद्रोहको कुराले हित नहुने भन्दै शान्ति, सहमति र एकतामार्फत आर्थिक क्रान्तिको बाटो तय गर्नु पर्ने बताउनु भयो । । उहांले लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचन बाहेक अरु विकल्प नभएको भन्दै सहमतिमा नेपालमा निर्वाचन भएर राजनीतिक स्थायीत्व हुनु पर्ने बताउनु भयो । रेडपार्टी नर्वेका जोन पिटरले संसारभरी नै कम्यूनिष्ट पार्टीहरु परिवर्तन हुँदै आएको भन्दै क्रमसः माक्र्स लेनिन र माओवादलाई कम्यूनिष्ट पार्टीहरुले छाड्दै आएको बताउनु भयो । उहांले अबको क्रान्ति भनेको समृद्धिको लागि आर्थिक क्रान्ति भएको भन्दै उनले राजनीतिक क्रान्तिको कुरा धेरै नगर्न सुझाव दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !