उद्योगी राठी हत्याको बिरोधमा उद्योग बन्द

http://sindhulidarpan.blogspot.com/2013/02/news_3609.html
काठमाण्डौ, माघ,२१
तीन साताअघि भारतको सिलिगुडी जाने क्रममा अपहरित विराटनगरका उद्योगी गंगाबिसन राठीको हत्याको बिरोधमा बिराटनगरका सम्पुर्ण उद्योग व्यबसाय बन्द भएका छन् ।
हत्याको बिरोधमा बिराटनगरको मारबाडी युवा संघले बिरोध र्याली समेत निकालेका छन् । रहस्यमय हत्यामा संलग्नलाई कारबाहीका लागी पहल गर्न, व्यबसायीको जिउधनको सुरक्षा गर्न माग गर्दै उनिहरुले बिरोध र्याली निकालेका हुन् । तीन साता अघि भारतको सिलीगुडी जादै गदौ राठीसंगै रहेका शिवसेना नेपालका प्रमुख चन्द्रप्रकाश चूडालको पनि हत्या भएको थियो । सिलिगुडी प्रहरीले शनिबार साँझ पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो । प्रहरीका अनुसार चूडालको जनबरी ८ र राठीको जनबरी १० मा हत्या भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !