नविनबाबु अधिकारी,सिन्धुली,फागुन १६ ।
सिन्धुली जिल्लालाई अवैध हातहतियार मुक्त जिल्ला बनाउन जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ३५ दिने सुचाना जारी गरी अभियान शुरु गरेको छ ।

जिल्लाका सर्वसाधारणहरुसँग विभिन्न बहानामा रहेका अवैध हातहतियार संकलन गर्ने अभियानमा कुनै पनि समयमा जुनसुकै स्थानमा बसोवास गर्ने स्थानिय बासीले व्यक्तिगत इजाजत प्राप्त नगरिएको तथा इजाजत रद्ध भएका सबै प्रकारका हातहतियारहरु भरुवा बन्दुक, टोटा वाला बन्दुक, हावादारी बन्दुक, राइफल पेस्टोल रिभल्भर मिनिएचर लगाएतका अवैध हातहतियर तोकिएको समय भित्र बुझाउन आग्रह गरेको हो । तोकिएको समय भित्रमा नबुझाउने र कुनै ठाउँमा लुकाई राखेको हातहतीयारपछि प्रहरीले फेला पारेमा कड भन्दा कडा कारवाही हुने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !