भारतीय संसदमा आक्रमण गर्ने अफजल गुरुलाई फाँसीको सजाय


एजेन्सी, माघ २७ ।
भारतको संसदमा सन् २००१ मा भएको आतंकवादी आक्रमणका मुख्य दोषी अफजल गुरुलाई फाँसीको सजाय भएको छ । उनलाई आज विहान दिल्ली स्थित तिहाड जेलमा फाँसी दिइएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०११ मानै गृह मन्त्रालयले गरुलाई फँसीको सिफरिश गरेको गृहमन्त्री सुशील कुमार शिन्दले जानकारी दिँदै फाँसी दिएको पुष्टि गरेका छन् ।
राष्ट्रपति प्रणव मुखर्जी समक्ष अफजल गुरुले जिवन रक्षाको लागि गरेको याचना खारेज भएपछि गृहमन्त्रालयले फाँसीको निर्देशन दिएको हो । गृहमन्त्रालयको हिजो बसेको बैठकले उनलाई फाँसीको फैसला गरेको हो । गुरुलाई फाँसी दिएपछि दिल्ली तथा अन्य स्थानको सुरक्षा व्यवस्था कडा पारीएको छ । गुरुको जन्मस्थल कश्मिरको श्रीनगरमा कफ्र्यू लगाइएको उल्लेख छ ।

Related

प्रमूखखबरहरु 8082747050686780075

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item