दाहालले अध्यक्ष पद सम्हाले

http://sindhulidarpan.blogspot.com/2013/02/journalist.html
सिन्धुली,फागुन ७ ।
नेपाल पत्रकार महासघं शाखा सिन्धुलीमा मिनकुमार दाहालले अध्यक्ष पद सम्हाल्नुभएको छ । पत्रकार श्यामहरी अधिकारीको कार्यकाल नसकिदै दाहाले आज एक कार्यक्रमका विच अध्यक्ष पद सम्हाल्नुभएको हो । अध्यक्ष पदको चुनाव विवादका कारण श्यामहरी अधिकारी र मिनकुमार दाहालविच कार्यकाल वाड्ने सहमती भएको थियो ।
पत्रकार महासघं सिन्धुलीको अध्यक्ष को ? भन्ने विषयमा विवाद चर्किएपछि महासंघका केन्द्रिय अध्यक्ष शिव गाउँले, महासचिव ओम शर्मा, कोषध्यक्ष शितल शाह लगाएतको विशेष उपस्थितिमा २०६८ कात्तिक ६ गते दुवै उमेदवारलाई मिलाउने क्रममा कार्यकाल वाड्ने सहमती गरिएको थियो ।
पत्रकारलाई सदस्यता नदिएर गैर पत्रकारलाई सदस्यता दिने, आफु अनुकुल पत्रकारको सदस्यता नविकरण गर्ने गुट उपगुटमा पत्रकारिता गर्ने लगायतका कारणले पनी पत्रकार महासघं सिन्धुली विवादमा रहदै आएको छ ।
पद हस्तान्तरण कार्यक्रममा महासघं शाखा सिन्धुलीका संस्थापक अध्यक्ष शेषराज दाहालले पत्रकारको हकहितको लागि लड्ने संस्थाले राजनीतिक भगवण्डामा लागेर विवाद गर्नु नहुने वताउनु भएको छ ।
उहाँले “केहिले राजनीतिक अविष्ठ पुरा गर्ने दाउमा पत्रकारहरुलाई विभाजनमा ल्याउन खोजेको र त्यस्तो भ्रममा पर्न नहुने वताउनुभयो । नवनियुक्त अध्यक्ष मिनकुमार दाहाल सिन्धुली दर्पणमा अतिथी सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।
उहाँले “केहिले राजनीतिक अविष्ठ पुरा गर्ने दाउमा पत्रकारहरुलाई विभाजनमा ल्याउन खोजेको र त्यस्तो भ्रममा पर्न नहुने वताउनुभयो । नवनियुक्त अध्यक्ष मिनकुमार दाहाल सिन्धुली दर्पणमा अतिथी सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !