दलहरु आफैं सकिँदै छन् :नेम्वाङ



इलाम, ७ फागुन । 
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जस्तोसुकै चुनौतीका बाबजुत कसैले पनि लोकतान्त्रिक मूल्य, मान्यतालाई वेवास्ता गर्न नहुने बताएका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा आज गृह जिल्ला इलाममा आयोजित अन्तरक्रियामा नेम्बाङले राजनीतिक दलभन्दा बाहिर गएर बहालवाला प्रधानन्यायाधिशको नेतृत्वमा चुनावी सरकार गठन गर्न नहुने बताए । उनले सो सहमति गरिए अन्तरिम संविधानको भावना र मर्म विपरित हुने बताए ।‘अन्तरिम संविधानको धारा १०६ उपधारा १ मा प्रधानन्यायाधीशलाई कतै काममा लगाउन नहुने र २ मा राष्ट्रिय मानवअधिकार आयोगबाहेक कुनै पनि क्षेत्रमा जान नपाउने प्रस्ट कानूनी व्यवस्था छ,’ उनले भने, ‘सरकारले प्रधानन्यायाधीशलाई कानून र न्याय बाहेक अनुसन्धानका क्षेत्रमा मात्र खटाउन सक्छ ।’नेम्बाङले राजनीतिक दलहरु आफैंले बनाएको अन्तरिम संविधान विपरित प्रधानन्यायाधीशलाई मुलुकको कार्यकारी प्रमुख बनाएर दलहरुको अस्तित्व समाप्त पार्न लागेको उनको आरोप थियो ।
नेपालका दलहरुले आन्दोलन गर्न जानेका भएपनि उपलब्धीलाई संथागत गर्न नजानेको आरोप उनको छ । ‘संविधान सभाबाट संविधान बनाउनुको कुनै बिकल्प छैन,’ उनले भने, ‘संविधानसभा पुनःस्थापना वा नयाँ निर्वाचन नै उत्तम बिकल्प भएको हो ।’बहालवाला प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन प्रमुख दलहरु सहमति नजिक पुगेका बेला नेम्वाङले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।


Related

राष्ट्रिय 1568325136485344372

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item