युवक र युवतीको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/02/news_4823.html
काठमाडौं, ७ फागुन ।
बैदेशिक रोजगारीका लागि कतार जान हिँडेका सल्यान जिल्ला निवासी खमाने पुनमगरको आज विहान काठमाडौंमा मृत्यु भएको छ ।
साथीको कोठामा आज विहान दुई बजे ३१ बर्षीय मगर बेहोस भएर लड्दा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सल्यान कालीमाटी–७ घर भएका मगर बनस्थलीस्थित अमरबहादुर डाँगीको कोठामा बस्दै आएका थिए ।बोहोस मगरलाई तत्काल उपचारका लागि जनमैत्री अस्पताल बालाजु लगिएको थियो ।
उता, सुनसरी जिल्लामा १८ बर्षीया युवती कञ्चन मेहताको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको छ । राजगंजसिनुवारी–६ बस्ने खटर मेहताकी छोरी कञ्चनको आइतबार बेलुका शव फेला परेको प्रहरीले जनाएको छ ।फागुन–५ गते घरबाट बाहिर गएकी कञ्चन सिनुवारीस्थित उखुबारीमा आइतबार मुखमा सलले बाधेर हत्या गरेको अवस्थामा फेला परेकी हुन् ।कञ्चनको हत्या अभियोगमा प्रहरीले सोही ठाँउ बस्ने ३५ बर्षीय प्रदीपकुमार मण्डललाई नियन्त्रणमा लिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !