सिन्धुलीका करिव २ सय सहकारीहरुले लेखापरिक्षणका लागि स्वीकृती नलिएको खुलासा




चीना थापा सिन्धुली,माघ २३
सिन्धुलीमा करिव ४ सय सहकारीहरु छन् भने नयाँ सहकारी दर्ता हुने क्रम अझै निरन्तर छ । डिभिजन कार्यालय जनकपुरमा दर्ता भएका सम्पुर्ण सहकारीहरुले तोकिएको समयमा लेखापरिक्षण गराउनुपर्ने सहकारी ऐन २०४८ को दफा ३७ मा उल्लेख गरिएको छ । तर दर्ता भएका सिन्धुलीका करिव २ सय सहकारीहरुले लेखापरिक्षणका लागि स्वीकृती नलिएको खुलासा भएको छ । जिल्लामा रहेका ५० प्रतिशत भन्दा वढि सहकारीहरुले लेखारिक्षणका लागि स्वीकृति नलिएको सहकारी डिभीजन कार्यालय जनकपुरका प्रमुख परमेस्वर यादवले जानकारी दिनुभयो । 
 जिल्लामा वचत तथा ऋण, कृषि, बहुउद्देश्य, जुनार, मौरीपालन, सन्चार, पशु लगायतका गरि करिव ४ सयको हाराहारीमा सहकारीहरु रहेका छन् ।प्रत्येक आर्थिक वर्षको तीन महिनामा लेखापरिक्षक नियुक्त गरेर सँस्थाकोलेखापरिक्षण गराइसक्नुपर्ने भएपनि आधा भन्दा वढि सहकारीहरुले लेखापरिक्षणकालागि स्विकृति नलिएको खुलासा भएको हो । लापर्वाहीका कारण सहकारीहरुले लेखापरिक्षणका लागि स्विकृति नलिएको डिभिजन कार्यालय जनकपुरका प्रमुख परमेस्वर यादवले वताउनुभयो । सहकारी सम्वन्धि ज्ञान नै नभएकाहरुले सहकारी स्थापना गर्नु र सहकारी विनीयमहरुको अध्ययन नहुनुले यस्ता खाले कमजोरी हुने गरेको यादवको भनाइ छ । नियम विपरित सहकारी सन्चालन गर्ने तथा सहकारी ऐन अन्तरगत रहेर साधारण सभा नगर्ने र लेखारिक्षण नगर्ने सहकारीलाई कानुनी दायरामा ल्याएरै छाड्ने डिभिजन प्रमुख यादवको भनाइ छ । चालु आर्थिक वर्षको तेश्रो चौमासिकमा सिन्धुलीमा अनुगमन तथा निरिक्षण गरेर नियम विपरित सन्चालन भएका तथा काम नगरेका सहकारीहरुको दर्ता खारेजी गरिने यादवले वताउनुभयो । 


Related

स्थानिय 262143141467682340

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item