लागू औषध प्रयोग गर्ने औजार र लागू औषध सहित ६ जनालाई पका्रउ

http://sindhulidarpan.blogspot.com/2013/02/news_1225.html
चिना थापा सिन्धुली,माघ २३
लागू औषध प्रयोग गर्ने औजार र लागू औषध सहित ६ जनालाई हिजो भिमान प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरीको वर्दिवासवाट सिन्धुलीतर्फ आउँदै गरेको बा ३ च ७०३९ नम्वरको टाटा सुमोवाट चेकजाँचका क्रममा हिजो विहान भिमान प्रहरीले हातहतियार र लागू औषध सहित ६ जनालाई नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा प्रहरीले प्रतिवन्धित औषधि कोरेक्स ८ थान, नाइट्रोजन ४ ट्यावलेट, स्पासमिनडान ६ ट्यावलेट, २ थान खुकुरी र ६ वटा मोवाइल वरामद गरेको जनाएको छ ।त्यस्तै लागू औषध सहित प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । महोत्तरी वर्दिवास वडा नं. ३ वस्ने तिर्थ वहादुर थापामगर, एकराज भट्टराई, अनन्त फुँयाल, अमृत भण्डारी, जागेन्द्र श्रेष्ठ र वडा नं. ८ बस्ने यम वहादुर मगरलाई भिमान प्रहरीले नियन्त्रणमा लिएको हो । लागू औषध वोकिएको टाटा सुमो पनि प्रहरीको नियन्त्रणमा रहेको छ । पक्राउ परेका ६ जनालाई अनुसन्धान गरि थप कारवाहि गरिने सिन्धुली प्रहरीले जानकारी दिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !