द्वन्द्वकालीन मुद्दा नचलाउन भनेको छैनः राना

http://sindhulidarpan.blogspot.com/2013/02/news_5430.html
प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले द्वन्द्वकालीन समयका मुद्दा अघि नबढाउनू भनेर मातहतलाई निर्देशन दिने दुस्साहस कहिल्यै नगरेको स्पष्टिकरण दिएका छन् ।
रानाले आपूm कानून कार्यान्वयन गर्ने जिम्मेवार पदमा रहेको भन्दै द्वन्द्वकालीन मुद्दा अघि नबढाउन मातहतलाई कहिल्यै नभनेको दाबी गरे । उनले भने, ‘प्रहरी संगठन मानवअधिकार र विधिको शासनप्रति पूर्ण बफादार छ ।’द्वन्द्वकालीन समयका मुद्दा अघि नबढाउनू भनेर मातहतका अधिकृतहरूलाई निर्देशन दिएको भन्ने समाचार सार्वजनिक भए पछि राष्ट्रिय मानवअधिकार आयोगले आज ललितपुरस्थित कार्यालयमा बोलाएर प्रहरी महानिरीक्षक रानाले स्पष्टिकरण लिएको हो ।आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले बन्दै नबनेको ‘सत्य निरूपण तथा मेलमिलाप अयोग’ लाई अघि सारेर अपराधिक प्रकृतिका मुद्दाको कारबाही प्रक्रिया कुनै पनि तहबाट अवरुद्ध गर्न नमिल्ने बताए ।उनले सत्य निरुपण तथा मेलमिलाप आयोग मानव अधिकारविरुद्धको अपराधको कानूनी कारबाहीको विकल्प हुन नसक्ने बताए । ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ फौजदारी न्यायको परिपूरकमात्र रहेको उनले बताए ।
मुद्दा फिर्ता लिन ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ नचाहिने र मुद्दाउपर कारबाही अघि बढाउनचाहिँ त्यही आयोग चाहिने भन्ने सरकारको विरोधाभाषपूर्ण कार्यशैली आश्चर्यलाग्दो भएको छ,’ आयोग अध्यक्ष उपाध्यायले भने ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !