सिन्धुलीमा दुई जनाको मृत्यु



धु्रवचन्द्र खड्का, सिन्धुली, २३ माघ ।
 सिन्धुली जिल्लामा अलग–अलग घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका–७, जसेदमारमा मादक पदार्थ सेवन गरेर सुतेका स्थानीय ५२ वर्षीय टेकवहादुर रोक्काको मृत्यु भएको छ । उनी आफ्नै घरमा मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक दिलिपकुमार झाले जानकारी दिए ।रोक्काको ओठ काटिनुका साथै टाउकोमा गम्भीर चोट लागेकाले हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
यसैबीच, पुरानो झाँगाझोली–८, कोल्टे भन्ने स्थानमा भिरवाट लडेर एकजनाको मृत्यु भएको छ । काठमाडौंको गोदावरी घर भएका अन्दाजी ३५ वर्षीय नारायण अधिकारी सोमबार भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् ।स्थानीय शंखबहादुर श्रेष्ठको छोराको विहेमा भोज खानका लागि अधिकारी काठमाडौंवाट आएका थिए ।

Related

स्थानिय 1134607624839074188

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item