भारतसँगका असमान सन्धीखारेज गर्न माग


काठमाडौं, २३ माघ ।
 एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो फरक मतसहित अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनलाई समर्थन गरेका छन् ।
हेटौंडामा जारी तेश्रो दिनको बन्द सत्रका क्रममा आज धारणा राख्दै श्रेष्ठले दाहालको राजनीतिक प्रतिवेदनमा मौखिक रुपमा फरकमत राखेका हुन् । उनले अध्यक्ष दाहालको प्रतिवेदनलाई समर्थन पनि गरेको प्रवक्त अग्नि सापकोटाले जानकारी दिए ।उनले माओविचारको साटो दस्तावेजमा माओवाद पदावली मात्रै राख्न प्रस्ताव गरेका छन् ।‘उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्षद्वारा प्रस्तुत मूल दस्तावेजको स्प्रिटप्रति समर्थन जनाउँदै माओविचारको सट्टा माओवाद पदावली दस्तावेजमा उल्लेख गरेर यस विषयको बहसलाई महाधिवेशनबाट टुंग्याउनु पर्ने धारणा राख्नु भएको छ,’ सापकोटाद्वारा विज्ञप्तिमा उल्लेख छ ।अध्यक्षको दस्तावेजले ऐतिहाँसिक रणनीति प्रस्तुत गरेको निश्कर्ष निकालेका श्रेष्ठले भारतसँग भएका असमान सन्धी, सम्झौता खारेज गर्न माग गरेका छन् ।उनले विश्व कम्यूनिष्ट आन्दोलन रक्षात्मकस्थितिमा पुग्न मुख्य रुपमा आन्तरिक जनवाद र बाह्य जनवादको अभ्यासमा कमजोरी रहेको जनाएका छन् ।‘बैचारिक साँस्कृतिक स्तरको न्यूनता पनि यसमा जिम्मेवार रहेको छ,’ श्रेष्ठले भनेका छन्, ‘यस्तै संगठनात्मक सिद्धान्तमा जनवादी केन्द्रीयताको सहीअभ्यास गर्नुपर्ने, यथास्थितिवाद एवं व्यवहारवाद मुख्य समस्याको रुपमा रहेको र आदर्शवादप्रति सचेत रहनु पर्छ ।’बन्द सत्रमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन र सोनाम साथीको मस्यौदा विधान उपर समूहका नेताहरुले आ–आफ्ना निष्कर्ष प्रस्तुत गरेको प्रवक्ता सापकोटाले बताए ।सुझाव दिने क्रममा टोली संयोजकहरुले राष्ट्रिय स्वाधिनको विषयमूर्त रुपमा राख्नुपर्ने माग गरेका छन् । उनीहरुले पार्टी कमिटीहरु चुस्त, दुरुस्त र व्यवस्थित गर्न पनि सुझाव दिएका छन् ।पार्टीको मार्गनिर्देशक सिद्धान्तमा माओविचार पदावली हटाएर माओवाद राख्नुपर्ने, वर्ग विश्लेषणको विषय स्पष्ट हुनुपर्ने, जनयुद्ध र जनमुक्ति सेनाको भूमिकाको उच्चमूल्यांकन हुनुपर्नेलगायतका सुझावहरु आएको विज्ञप्तिमा उल्लेख छ ।गत शनिबारदेखि एमाओवादीको सातौं महाधिवेशन हेटौंडामा जारी छ ।

Related

राष्ट्रिय 5789625510341620121

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item