पुत्र प्रकाशलाई अल्छी लागेछ....( प्रस्तावको विरोध गर्नेहरु यथास्थितिवादी)

http://sindhulidarpan.blogspot.com/2013/02/news_2986.html
काठमाडौं, २३ माघ ।
मकवानपुर जिल्लाको हेटौडामा जारी एमाओवादीको सातौं राष्ट्रिय महाविधेशनलाई लिएर अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई अल्छी लागेको जनाएका छन् ।
आफ्नै बाबु आयोजक रहेको महाधिवेशप्रति प्रकाशले चित्त नबुझेको जनाएका हुन् । सामाजिक सञ्जाल फेसबुकको लाईक पेजमा आज दिउँसो सन्देश लेखेर प्रकाशले भनेका छन्, ‘भाग नलिए पनि महाधिवेशनको ताल देखेर आफैलाई अल्छी लागी रहेको छ ।’एमाओवादीको महाधिवेशन २१ वर्ष पछि गत शनिबारबाट हेटौंडामा सुरु भएको हो ।बीना मगरसँगको यौन काण्ड र विवाहको विषयमा एमाओवादीले कारबाही गरे पछि प्रकाश भारतमा बस्दै आएका छन् । उनले दोस्रो पत्नी र काखमा रहेको छोरालाई छाडेर बीनासँग हाल भारतमा बस्दै आएका छन् ।बीनासँगको प्रेमलापलाई लिएर एमाओवादीले कारबाही गरे पछि पुत्र प्रकाश ऐतिहाँसिक हेटौँडा महाधिवेशनमा सहभागी हुन पाएनन् ।महाधिवेशनको बन्द सत्रमा आफ्ना बाबु पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनको विरोध गर्नेहरु प्रति पनि उनले आक्रोश ब्यक्त गरेका छन् । ‘आफू नयाँ कुरा र प्रस्तावहरु नल्याउने, अनी अरुले ल्याएको प्रस्तावको नि बिरोध गर्ने यथास्थितिवादीहरु,’ उनले टिप्पणी गरेका छन् ।
पुत्र प्रकाशले उपाध्यक्षद्वय बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, राम कार्की, खेमराज भट्ट र गोपाल किराँती तर्फ संकेत गर्दै बाबुको आलोचनामा नउत्रन सुझाव दिएका छन् । एमाओवादीको महाधिवेशनको बन्द सत्र हेटौडामा चलिरहेका बेला पुत्र प्रकाशले यस्तो टिप्पणी गरेका हुन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !