तौल घटाउन पुरुषलाई भन्दा महिलालाई कठिन



- शरीरका तौल घटाउन महिलाले पुरुषभन्दा २० प्रतिशत बढी मिहिनेत गर्नुपर्ने जनाइएको छ ।  पुरुष र महिलामा पुरुषको तुलनामा महिलालाई खानपिनमा पनि २० प्रतिशत अतिरिक्त ध्यान दिनुपर्ने शोधकर्ताहरूको निष्कर्ष छ । शारीरिक बनावट र हर्माेन सन्तुलन यसको मुख्य कारण भएको उनीहरूको भनाइ छ । यो रहस्य अमेरिकाको मिसुरी युनिभर्सिटीका वैज्ञानिकहरूको एक अनुसन्धानबारे डेलो मेलमा प्रकाशित भएको छ । उनीहरूले अनुसनधानमा समान तौल भएका महिला र पुरुषलाई सहभागी गराएका थिए । 
 
सहभागी सबैलाई एउटै प्रक्रिया र अनुपातमा कसरत र आकार दिइएको थियो । यसमा महिलाको तुलनामा पुरुषलाई २० प्रतिशत बढी फाइदा भएको देखियो । १६ सातासम्म चलेको ‘व्यायाम’ योजनामा ७५ जनालाई एरोबिक कार्डियो भस्कुलर एक्सरसाइज गराइएको थियो । यसपछि आएको परिणाम आश्चर्यजनक थियो । पुरुषको तौलमा व्यायाम अनुरूप परिवर्तन आएको थियो भने महिलाको हकमा २० प्रतिशत अतिरिक्त श्रम गरेपछि मात्र सो बमोजिम को परिणाम पाइएको थियो ।

Related

विविध 5294541159316672203

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item