जलकन्या गाबिसका हायु जातीको लागी राज्यसुबिधा कागलाई वेल पाक्यो हर्ष न विस्मत



चिना थापा सिन्धुली,माघ २३.
सिन्धुलीको जलकन्या गाविस वडा नम्वर १ कुडेलेमा एकमात्र हायु वस्ती रहेको छ । त्यहाँका हायुहरुले राज्यले प्रदान गर्ने सामान्य सेवा सुविधा समेत पाउन सकेका छैनन् । एकातिर हायु वस्तीका अभिभावकहरुमा आफूहरुले शिक्षा लिन नपाएकोमा गुनासो छ भने अर्काेतिर वालवालीकाको अवस्था पनि आफ्नो जस्तै हुने होकी भन्ने चिन्ता छ । किनभने कुडेलेका वालवालीकाहरुलाई विद्यालय जानका लागी डेड घण्टाको बाटो लाग्छ । वर्षाको समयमा त उनिहरु विद्यालय नै जाँदैनन् । गाविसका अन्य वस्तीमा भएको विकास उनिहरुका लागि कागलाई वेल पाक्यो हर्ष न विस्मत जस्तै भएको छ । 
हायु वस्तीको विकासमा सम्वन्धित निकायले उतिसारो चासो दिएको पाइदैन । वेला वेलामा घचघचाए पनि उनिहरु काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने आहानलाई चरितार्थ गरिरहेका छन् । कम्तिमा शिक्षा पाउने आफ्नो अधिकार प्राप्तीका लागि सडक मर्मत तथा पुलको व्यवस्था गरिदिए पनि चित्त वुझाउन सकिने हायुहरुको माग छ । तर सम्वन्धित निकायले भने उनिहरुको कुरा कहिले सुन्ने हो निश्चित छैन ।


Related

स्थानिय 1659893679757958683

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item