भ्रष्टाचार अपराध र आतंकवाद विरुद्धमा मेचि– महाकाली यात्रामा निस्केका पैदल यात्रीहरुको टोली सर्लाहीमा



सुरेश बिडारी, सर्लाही माघ २२
 भ्रष्टाचार अपराध र आतंकवाद विरुद्धमा मेचि महाकाली यात्रामा निस्केका पैदल यात्रीहरुको टोली सर्लाही आइपुगेको छ । कन्चनपुरको टनकपुरबाट माघ ७ गते हिडेको ९ सदस्य टोली सर्लाही आइपुगेको हो । अपराध र आतङकवाद विरुद्धको अभियान म्याक्याट नामक संस्थाका अध्यक्ष विकास लकाई खड्काको नेतृत्वमा आएको टोलीले विदेशी तथा दातृ निकायको सहयोग विना आफ्नै खर्चमा अभियानको थालनी गरेको बताएको छ । अभियानलाई बुझेर स्वइच्छाले सहयोग गर्न चाहानेसँग मात्र सहयोग लिने गरिएको अध्यक्ष खड्काले बताउनुभयो । उनीहरुले फौजदारी अभियोगलागेका व्यक्ति राजनीतिक पार्टीको सदस्यता प्राप्त गर्न र चुनावमा भाग लिन नपाउने, राजनीतिक पार्टी र तिनका नेता आर्थिक रुपमा पारदर्शी, चारित्रिक रुपमा स्वच्छ, हुनुपर्ने, ५१ प्रतिशत मतदाताले निर्वाचित प्रधानमन्त्रीलाई फिर्ता बोलाउन लिखित आवेदन दिएमा फिर्ता बोलानउ सक्ने कानुनी व्यवस्थाहुनुपर्ने, नेताहरुको आम्दानीको श्रोत र खर्चको श्रोत सार्वजनिक गरिनुपर्ने कानुनी व्यवस्था गरिनुपर्ने, लगायत १० बुँदे माग पनि राखेका छन् । पैदल यात्रा मार्फत नै फाल्गुन २ गते मेचिपुलमा पुगेर अभियानको समापन गरिने यात्रामा सहभागी केशवालाल श्रेष्ठले जानकारी दिनुभयो । 



Related

राष्ट्रिय 7258274923552823140

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item