राजधानी लगायत मुलुकभरको जनजीवन प्रभावित

http://sindhulidarpan.blogspot.com/2013/02/news_1380.html
काठमान्डौ,फागुण,८।
नेकपा–माओवादीले आह्वान गरेको बन्दका कारण आज राजधानी काठमाडौं लगायत मुलुकभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बिहानैदेखि सवारीका साधन चलेका छैनन् भने शैक्षिक संघसंस्था तथा कलकारखाना पनि बन्द छन् । बन्दमा पनि सवारीसाधन चलाएको भन्दै काठमाडौंको नयाँवानेश्वर चोकमा बन्दकर्ताहरुले कान्तिपुर टेलिभिजनको एउटा गाडीमा तोडफोड गरेका छन् भने सगरमाथा टेलिभिजनको गाडीमाथि पनि तोडफोड भएको छ । चुनावी सरकारको नेतृत्व बहालवाला प्रधानन्यायाधीशलाई गर्न दिननहुनेभन्दै बन्दको आह्वान गरिएको नेकपा–माओवादीले जनाएको छ । न्यायपालिका र कार्यपालिकाको नेतृत्व एउटै ब्यक्तिले गर्न नहुने नेकपा–माओवादीको भनाइछ । यसअघि दैलेखका पत्रकार डेकेन्द्रराज थापाको मुद्दा बल्झाएर आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको विरोधमा बन्द गर्ने जनाएको माओवादीले फेरि दलहरुबीच प्रधान्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको तयारीलाई प्रमुख विरोधको एजेण्डा बनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !