प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी

http://sindhulidarpan.blogspot.com/2013/02/news_19.html
चुनावी सरकारको स्वरुप लगायतका बिषयमा दलहरुबीच प्याकेजमा सहमति भए प्रधानमन्त्री डा बाबुराम भट्टराईले आजै राष्ट्रको नाममा सम्बोधन गनुहुने भएको छ । दलहरु बीचको सहमतिको सम्भावनालाई ख्याल गरेर प्रधानमन्त्रीको सम्बोधनको तयारी भइरहेका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले सीआईएनलाई जानकारी दिनुभयो । पौडेलका अनुसार प्रधानमन्त्रीको सम्बोधन आज हुने वा नहुने भन्ने कुरा प्रमुख चार शक्तिको आजको बैठकमा भर पर्नेछ । स्रोतका अनुसार प्रधानमन्त्रीको लिखित भाषण सल्लाहकार पौडेलको सहयोगमा तयारी अवस्थामा छ । अन्तरिम संविधान २०६३ संसोधनको लागि बाधा अड्काउ फुकाउको लागि राष्ट्रपति समक्ष सिफारिस गर्नको लागि मन्त्रिपरिषद्को बैठक पनि आजै बस्ने सम्भावना रहेको सल्लाहकार पौडेलले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !