भारतको ग्राईण्ड डिजाई र यूरोपियन यूनियनको समर्थनमा प्रचण्डले प्रस्ताव ल्याएको बैद्यको दावी


काठमाडौ, १२ फागुण । 
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले प्रधानन्यायधिसलाई प्रधानमन्त्री बनाउने प्रस्ताव भारतको ग्राईण्ड डिजाईन र यूरोपियन यूनियनको समर्थनमा एमाओवादी अध्यक्ष प्रचण्डले ल्याएको आरोप लगाएका छन् । 
हिमालय टेलिभिजनमा आज राती ९ बजेर ५ मिनेटमा प्रशारण हुने द आरडी सोकालागि ऋषि धमलासँग कुरा गर्दै चिनलाई घेराबन्दीमा पार्न योजनाबद्ध रुपमा प्रस्ताव आएको दावी समेत गरे । 
प्रधानन्यायधिसको नेतृत्वमा सरकार गठन भए आफ्नो पार्टी आन्दोलनमा जाने दावी गर्दै आन्दोलनबाटै प्रधानन्यायधिस नेतृत्वको सरकार ढाल्ने चेतावनी दिए । 
बहुमत जनमत प्रधानन्यायधिस नेतृत्वको सरकारको विपक्षमा हुँदा हुँदै निर्दलिय ब्यक्तिलाई स्विकार्नु लोकतन्त्रको उपहास भएको ठोकुवा गर्दै बैद्यले निर्दलीयलाई स्विकार्नु मुलुकलाई पञ्चायत फर्काउने षडयन्त्र भएको आरोप लगाए । 
उनले यो डिजाईनमा बाबुराम भट्टराई, प्रचण्ड, झलनाथ खनाल सहितका ब्यक्ति भए पनि काग्रेस सभापति यसको पक्षमा नभएको दावी गरे । 

Related

राष्ट्रिय 501494895506805929

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item