प्रधानन्यायधिस पनि नभए निकासको विकल्प सकिन्छः अर्थमन्त्री


काठमाडौ, १२ फागुण ।
 अर्थमन्त्री वर्षामान पुनः अनन्तले प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विकल्प राजनीतिक गतिरोध अन्त्य गर्ने अन्तिम विकल्प भएको बताएका छन् । 
हाम्रो ललितपुर राम्रो ललितपुर शिर्षकमा फोटोपत्रकार असोक दुलालले खिचेको तस्वीरहरुको तीन दिने प्रर्दशनीको आज राजधानीमा उद्घाटन गर्दै उनले मुलुकलाई निकास दिने उद्देश्यले माओवादीले प्रधानन्यायधिसको विकल्प ल्याएको र यो नै निकासको उपयूक्त विकल्प भएको बताए । 
आफुहरुले राजनीतिक आखाँले मात्रै ललितपुरलाई हेर्ने गरेकोमा यस प्रर्दशनीको अवलोकनपछि आफ्नो दृष्टिकोण परिवर्तन भएको भन्दै ललितपुरमा पर्यटन सम्भावन प्रचुर भएको बताए । 
उनले ललितपुरको विकासको लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत सो अवसरमा ब्यक्त गरेका थिए । 
कार्यक्रममा अतिथि रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले फोटो विनाको पत्रकारिता नुन नहालेको तरकारी जस्तो हुने भन्दै अहिलेको यूग फोटो पत्रकारिताको यूग भएको बताए । 
उनले धेरै अशिक्षीत नागरिक भएको नेपाल जस्तो मुलुकमा शब्दले भन्दा फोटोले धेरैलाई सूचना दिन सक्ने उल्लेख गर्दै एउटा फोटोले हजार शब्दले भन्दा बढी सूचना दिन सक्ने धारणा राखे । 
रिपोर्टर्स क्लबले फोटो पत्रकारिताको विकासको लागि काम गर्ने दृढता ब्यक्त गर्दै त्यसैको लागि क्लबले प्रत्येक वर्ष बाबुरछिरी फोटो पत्रकारिता पुरस्कार वितरण गर्दै आएको बताए । 
ललीतपुर फोटो राम्रो काम हो । अवलोकन गरे । दक्षिणी भेगको विकासको लागि सम्ब्द्ध पक्ष अघि बढ्नु पर्छ प्रयास गर्छौ, पर्यटकीय सम्भावन छ । राजनीतिक रुपमा मात्र हेथ्यौ यति सुन्दर रहेछ । 
माओवादीले विभिन्न विकल्प दियो, अहिले अस्विकार गरे विकल्प हराउँदै छ । उत्म विकल्प हो । 

Related

राष्ट्रिय 223968751355839136

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item