प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार बन्ने नबन्ने अझै टुंगो छैनः सिटौला

http://sindhulidarpan.blogspot.com/2013/02/news_23.html
काठमाडौ, १२ फागुण ।
नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार बन्ने नबन्ने अझै कन्फर्म नभएको बताएका छन् ।
रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले एक साता भित्र दलहरुको सहमतिमा चुनावी सरकार बन्ने निश्चित भए पनि नेतृत्वको विषयमा कन्फर्म नभएको बताएका हुन ।
एक साताभित्र चुनावी सरकार गठन हुन नसके जेठमा निर्वाचन नहुने स्पष्ट पार्दै दलहरु अहिले सहममितको नजिक रहेको दावी गरे । सिटौलाले भने–भोलीसम्म कार्यदलले सबै कुरा मिलाएर भोली नै बस्ने शिर्ष नेताहरुको बैठकले सबै विषयमा सहमति कायम गर्छ ।
उनले अहिलेको मुलुकको समस्या संबैधानिक बाटोबाट मात्रै समाधान हुन नसक्ने भएकोले अबको समाधान पनि संबैधानिक हुन नसक्ने भएकोले राजनीतिक निर्णय गर्नु बाध्यता भएकोमा जोड दिए ।
लोकतन्त्रको लागि जिवनभर लडेका नेपाली काग्रेसका तीन शिर्ष नेताहरुले लोकतन्त्रमाथि कहिल्यै पनि सम्झौता नभएकोले उहाँहरुको निर्णयप्रति काग्रेसलाई विश्वास भएकोले अहिले कसैको पनि बाहिर देखिए जस्तो विवाद नभएको दावी गर्दै सिटौलाले तीन नेताले लिने निर्णयमा काग्रेसभित्र विरोध नहुने बताए ।
अहिलेको मुख्य एजेण्डा निर्वाचन भएकोले निर्वाचनमा जाने लिईने निर्णयमा पार्टीभित्र विरोध नहुने उनको तर्क थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !