प्रमुख अतिथीको किचलोले सहिद स्मृति पार्क उद्घाटन कार्यक्रम सामान्य



ध्रुवचन्द्र खड्का, 
सिन्धुली,फागुन १२ ।

३२ औैँ आजात स्मृति दिवसको अवसरमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ११ मा निर्माण गरिएको सहिद स्मृति पार्क आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । तीन सहिदहरु ऋषिराज देवकोटा आजाद, दुर्गा सुवेदी र दलवहादुर रजनमगरको सम्झनामा निर्माण गरिएको सहिद स्मृति पार्कको उद्घाटन सहिद परिवारका सदस्यहरु कल्पना सुवेदी, लिलामाया रजनमगर र गोमा देवकोटाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

 स्मृति पार्क व्यवस्थापन समितिका अध्यक्ष इन्द्र प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुली सदरमुकामदेखि लिएर छिमेकी जिल्लावाट समेत मानिसहरुको उल्लेख्य सहभागिता रहेको थियो । तर प्रमुख अतिथीको किचलोका कारण सामान्य कार्यक्रमकावीच सशिद स्मृति पार्कको उद्घाटन कार्यक्रम सम्पन्न गरीएको छ । प्रमुख अतिथी कुनै पनि पार्टीका नेताहरुलाई नवनाउने अघिल्लो दिन नै सहमति भएको भएपनि केहि पार्टी प्रतिनीधिहरुले आफ्नो पार्टीका नेतालाई प्रमुख अतिथी विनाउन ढिपी गरेपछि सहिद स्मृति पार्क उद्घाटन कार्यक्रम  सामान्य वनेको वताइएको छ । सहिदका परिवारहरुले सहिदका सपनाहरु अहिले सम्म पुरा हुन नसकेको गुनासो गरेका छन् । राजनितिक दलहरु सहिदले देखाएको बाटोमा हिड्नुपर्ने उनीहरुको भनाई छ ।

Related

स्थानिय 8956235656307116546

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item