चुनावी सरकारबारे अन्तिम टुङ्गो आज

http://sindhulidarpan.blogspot.com/2013/02/news_17.html
काठमाण्डौ,फागुन ६ ।
संविधानसभाको नयाँ चुनाव र नयाँ सरकारको स्वरुपलाई दलहरुले आज अन्तिम रुप दिने भएका छन् । चुनावी परिषदको स्वरुप, चुनावको मिति र प्रक्रियाका विषयमा संविधानसभाको नयाँ निर्वाचनको मिति सहितका चारदलीय कार्यदलले तयार पारेको प्रस्तावलाई शीर्ष नेताहरुको बैठकले अन्तिम रुप दिनेछ । कार्यदललको बैठक अहिले बेहीबेरमा बस्दैछ । कार्यदललाई आज दिउँसो २ बजे सम्म सहमतिको प्रस्ताव तयार गर्न समय दिइएको छ । सरकारको स्वरुप, मोडल र बाधा अड्काउ फुकाउने विषयमा तयारी गर्न हिजो साँझको बैठकले चारैशक्ति सम्मिलित कार्यदल बनेको छ ।

कार्यदलमा एमाओवादीका कृष्णबहादुर महरा र खिमलाल देवकोटा, कांग्रेसका तर्फबाट विमलेन्द्र निधि र मिनेन्द्र रिजाल, एमालेबाट भीम रावल र अग्नि खरेल तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट हृदयस त्रिपाठी र जितेन्द्र देव सदस्य रहनुभएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी प्रस्ताव तयार गर्न दलहरु सहमत भएपनि त्यसको स्वरुप, कार्यक्षेत्र र अधिकारका विषयमा टुङ्गो लगाउने कार्यदलका सदस्य खिमलाल देवकोटाले जानकारी दिनुभयो । उहाँले दलहरुबीच पहिले नै सहमति भइसकेको विषयलाई मसिनो ढंगले हरेर कार्यदलले अन्तिम रुप दिने बताउनुभयो । एमालेका तर्फबाट कार्यदलमा राखिएका अग्नि खरेलले भने आफुलाई कार्यदलको सदस्य बनाइएको बारे जानकारी नआएको बताउनुभयो । दलहरुले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा, राष्ट्रपतिले नयाँ सरकारको प्रस्तावलाई अनुमोदन एकैपटक गर्ने गरि सहमति गर्न दलहरुले छलफल चलाइरहेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !