सुन व्यापारीलाई गोली प्रहार




काठमान्डौ ८ फागुन ।
 अर्घाखाँचीको सन्धिखर्क बस्ने महालक्ष्मी सुनचाँदी पसलका संचालकलाई गोली प्रहार हुँदा गम्भीर घाईते भएका छन् ।३१ वर्षीय ताराबहादुर सुनारलाई नरपानी–२, घुम्तीमा सोमबार बेलुका अपरिचित ब्यक्तिहरुले गोली प्रहार गरी गम्भीर घाईते बनाएका हुन् । गोली प्रहार गर्ने व्यक्तिहरुले सुनार सवार मोटरसाइकल भिरबाट तल खसाली फरार भएको प्रहरीले जनाएको छ ।गोली प्रहारबाट घाईते सुनारलाई कुटपिट समेत गरिएको थियो ।घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले खिदिम–५ का २५ वर्षीय राजु आचार्य, सन्धिखर्क–६ का रुद्र पराजुली र पोखराथोक–५ का २४ वर्षीय लक्ष्मण सुनुवारलाई पक्राउ गरेको छ ।
साथै प्रहरीले नरपानी र अर्घौलीको सीमानामा ९ एमएमको पेस्तोल, १ राउण्ड मिस फायर भएको गोली र २ वटा खोका फेला परेको जनाएको छ ।

Related

विविध 8227448536988844300

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item