पानीपर्दा आठ करोड मुल्यको इट्टा नष्ट

http://sindhulidarpan.blogspot.com/2013/02/news_5142.html
दाङ,माघ २५ ।
लगातार परेको बर्षाका कारण दाङमा करिब ८ करोड मुल्य बराबरको इट्टा नष्ट भएको छ । सोमबार राती देखी परेको बर्षाका कारण दाङका बिभिन्न क्षेत्रमा रहेका चिम्नी र भुसे इट्टा उद्योगमा रहेका पोल्न बाँकी करिब २ करोड ५२ लाख पिक काचाँ इट्टाहरु नष्ट भएको दाङ देउखुरी इट्टा उद्योगका अध्यक्ष रोम ओलीले जानकारी दिनुभएको छ ।
जिल्लामा रहेका २२ चिम्नी उद्योगका साढे २ करोड पिस काँचो इट्टा नष्ट भएको अध्यक्ष ओलीले जानकारी दिनुभयो । काँचो इट्टाको मुल्य प्रतिपिस ३ रुपैयाँ पर्ने र करिब सात करोड पचास लाख मुल्य बराबरको इट्टा नष्ट भएको उहाँको भनाई छ । घोराही क्षेत्रमा एक, देउखुरीमा ३, तुलसिपुरमा ७ र नारायणपुर क्षेत्रमा १० बढी चिम्नी उद्योग रहेका छन् । त्यस्तै जिल्लामा रहेका करिब १० वटा भुसे इट्टा उद्योगका २ लाख पिस इट्टा नष्ट भएको छ । भुसे इट्टालाई प्रतिपिस साढे दुई रुपैयाँ पर्ने र करिब ५ लाख रुपैयाँको नोक्सानी भएको हेनिका भुसे इट्टा उद्योगका सञ्चालक गोविन्द गिरीले जानकारी दिनुभयो ।
पोल्नका लागि तयारी अबस्थामा रहेका ति इट्टाहरु कुनै काम नलाग्ने भएका छन् । भिजेका इट्टाहरु अब यो पटक काम नलाग्ने र पछि सुकेपछि ठल्ला फोडेर फेरी इट्टा बनाउनु पर्ने अध्यक्ष ओलीले जानकारी दिनुभएको छ । देउखुरीमा रहेका तीन वटा चिम्नी उद्योगमा रहेका काँचा इट्टाहरु नष्ट हुदा १ करोड रुपैयाँको क्षति भएको इट्टा व्यवसायी बामदेब डाँगीले जानकारी दिनुभएको छ । त्यस्तै दर्ता प्रकृयामा रहेको आधा दर्जन चिम्नी उद्योगमा रहेका इट्टा पनि नष्ट भएको छ । ति उद्योगहरुका पनि लाखौ रुपैयाँको नोक्सानी भएको सञ्चालकहरुले बताएका छन् । यसैबिच बर्षाका कारण इट्टा उद्योगमा काम गर्नेहरुलाई पनि बस्न समस्या भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !