राष्ट्रपति चार दलको संरक्षकः अध्यक्ष थापा



काठमाडौं, ७ फागुन ।
 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति डा.रामवरण यादव प्रमुख चार दलको मात्रै संरक्षक रहेको आरोप लगाएका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा थापाले राष्ट्रपतिले आफू चार दलको संरक्षक र राष्ट्रपति भवनलाई पार्टी कार्यालयमा परिणत गरेको बताए ।‘चार दलका शीर्ष नेताहरुको बैठक शीतल निवासमा बसिरहेको छ,’ उनले भने, ‘बैठकको संयोजकको भूमिका नेपाली जनताको साझा संस्थाको रुपमा होइन, चार दलीय सिन्डिकेडको संयोजकको भूमिका राष्ट्रपति देखिनु भएको छ ।’उनले शीतल निवास नेपाली जनताको साझा सम्पत्ति भएको भन्दै चार दललाई सो स्थानमा बैठक गर्ने अधिकार नरहेको बताए ।

Related

राष्ट्रिय 181306723455256874

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item