स्कुलको पर्खाल भत्कदा बालिकको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/02/news_7868.html
काठमाडौं, ७ फागुन ।
काठमाडौंस्थित बुढानिलकण्ठ स्कुलको पर्खालले किचेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।बिष्णु–२ स्थित बुढानिलकण्ठ स्कूलको पर्खाल आज दिउँसो अचानक भत्कदा पर्खालले किचेर १३ बर्षीया निशा सुबेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । साथी भेट्न आएकी निशा बुढानिलकण्ठस्थित तिरुबम ईन्टरनेश्नल स्कूलमा कक्षा ७ मा अध्ययनरत छात्रा हुन् ।
पर्खाल भत्कदा गम्भीर घाईते निशालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।पर्खालले किचेर घाईते हुनेमा गल्फुटार खड्क भद्रकाली बस्ने १२ बर्षीया सुजता गौतम र १४ बर्षीया करिना कुँवर रहेका छन् । उनीहरु पर्खाल नजिकै चौरमा घाम तापेर बसिरहेका बेला स्कुलको पर्खाल अचानक भत्कीएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !