राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता दुई दिन लम्बियो

http://sindhulidarpan.blogspot.com/2013/02/news_8259.html
पर्वत ,फागुन, ८
पर्वत जिल्लाको सदरमुकाम कुस्माबजारमा सञ्चालित चौथो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता दुई दिन लम्बिएको छ । शनिबार देखि लगातार परेको झरीका कारण चौथो रनिङ्गशिल्ड प्रतियोगिताका खेलहरु प्रभावित भएपछि दुई दिन लम्बिएको हो । सोमबार देखि मौसममा सुधार भएपनि सोमबार सकिने प्रतियोगिता बुधबारसम्म लम्बिएको आयोजक जिल्ला खेलकुद विकास समिति पर्वतले जानकारी दिएको छ । झरीका कारण आइतबार कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेनन भने शनिबार पनि धेरै प्रतियोगिता हुन नसकेकाले दुई दिन पछि समय धकेलिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष लोकबहादुर रानाले बताउनुभयो । जिल्ला खेलकुद बिकास समितिले ३ लाख ९४ हजारमा प्रतियोगिता सक्ने अनुमान गरेपनि ६ लाख भन्दा बढी खर्च हुने अध्यक्ष रानाले बताउनुभयो । गाउँ गाउँ देखि आएका विद्यार्थीहरु झरी सँगै बढेको चिसोले प्रभावित बनेका थिए । प्रतियोगितामा जिल्लाका ३५ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा पुरुष तथा महिला भलिवल प्रतियोगिता र एथलेटिक्सका खेलहरु भइरहेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !