इट्टा उद्योगीलाई करोडौको क्षति



रौतहट,फागुन, ८। 
गएको ३ दिन पहिला लगातार रुपमा २ दिन परेको पानिका कारण रौतहटका इट्टा व्यवसायिहरुलाई करोडौको क्षति पुगेको छ । रौतहट इटा उद्योगका महासचिव तथा कार्यकारी अध्यक्ष राम विनोद साहले लगातारको वर्षाले जिल्लाको ४० ओटा चिमनीमा रहेको पोल्न बाकि इटाहरु गलेको बताउनु भएको छ । जिल्लाको विभिन्न गाविसमा गरि ४० भन्दा बढी चिमनीको इटामा पानिले क्षति पुर्याए पछि करिव ३ करोड बराबरको क्षति भएको महासचिव साहको भनाई छ । रौतहटका इट्टा व्यवसायिहरुले सरकार संग क्षतिपूर्तिको माग पनि गरेको छ । कार्यवाहक अध्यक्ष साहका अनुसार आज रौतहटका प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद ओली मार्फत क्षतिपुर्तिका लागि सरकारलाई ज्ञापनपत्र बुझाइने कार्यक्रम रहेको छ । 

Related

विविध 4098177184881993704

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item