प्रमुख चार शक्ति बिच परामर्स ,ठोस सहमति भने हुनसकेन



काठमाडौं, ८ फागुन । 
प्रमुख चार शक्तिको आज बसेको शीर्ष बैठकमा सहमति हुन नसकेका विवादित विषयहरुमा परामर्श भएको छ ।एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको शीर्ष बैठकमा मुलुकलाई राजनीतिक गतिरोधबाट निकास दिने विषयमा परामर्श भएको हो । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बन्न लागेको चुनावी सरकार र बाँकी रहेका विषयमा प्याकेजमा निकास खोज्दै आएका दलहरुले समग्र विषयमा परामर्श समेत गरेका छन् ।
नागरिकता, सत्य निरुपण, मेलमिलाप तथा बेपत्ता खोजबिन आयोग र सेनामा गाभिएका पूर्वलडाकुको दर्जा निर्धारणलयतका विवादित विषयमा छलफल भएको नेताहरुले जनाएका छन् ।
बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाका विजय गच्छेदार र महन्थ ठाकुरको सहभागिता रहेको थियो । दलहरुको बैठक पुनः बस्ने भएको छ ।





Related

राष्ट्रिय 1724781512209311982

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item