जन्ती बोकेको बस दुर्घटना एक जनाको मृत्यु २१ जन्ती घाईते

http://sindhulidarpan.blogspot.com/2013/02/news_2330.html
बर्दिया,फागुन,८।
बर्दिया जिल्लामा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जन्ती घाईते भएका छन् ।गुलरिया नगरपालिका–५, तुल्सीपुर चोकमा ना ३ ख ६२३० नम्वरको बस दुर्घटना भएको प्रहरी उपरीक्षक यमुना रजकले जानकारी दिए । मृत्यु हुनेमा मोतीपुर–३ का जगतबहादुर चौधरी छन् । खाली सडकमा अत्याधिक गतिमा गुडेका कारण बस दुर्घटनामा परेको रजकको भनाई छ ।
कालिका–३ बाट जन्ती लिएर आउँदै गरेको बस तुल्सीपुर चोकस्थित नालामा विहान करीव साढे एघार बजे खसेको थियो ।गम्भीर घाईते मध्ये ७ जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाईएको छ । सामान्य घाईते १४ जनाको गुलरियामै उपचार भईरहेको नायव उपरीक्षक रजकले बताए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !