‘अन्तरिम संविधान दाहसंस्कार गरौं : अध्यक्ष थापा




काठमाडौं, १० फागुन ।
 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ मसान्त भित्र निर्वाचन हुन नसके अन्तरिम संविधानको दाहसंस्कार गर्नु पर्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले जेठ भित्र निर्वाचन हुन नसके अन्तरिम संविधानको विकल्प अनिवार्य हुने बताए । ‘जेठ भित्र निर्वाचन हुन नसके अन्तरिम संविधानलाई दाहसंस्कार गर्नुपर्छ,’ उनले भने, ‘त्यसको उपयूक्त विकल्प २०४७ सालको संविधान व्यूताउनु पर्छ ।’
१२ बुँदे दिल्ली सम्झौताको औचित्य समाप्त भईसकेको बताएका उनले २०६२–६३ सालको आन्दोलनको मार्ग चित्र पनि असफल भएको दावी गरे । ‘संविधानसभाको विघठन पछि अन्तरिम संविधान पनि असफल भईसक्यो,’ अध्यक्ष थापाले भने, ‘अब अन्तरिम संविधानले मुलुकलाई निकास दिन सक्दैन । त्यसैले पनि विकल्प खोज्ने बेला आयो ।’
राष्ट्रपतिको भूमिकामा प्रश्न उठाउँदै थापाले संविधानको संरक्षक र पालक राष्ट्रपति चार दलीय सेण्डिकेटको संयोजक भएको आरोप लगाए । उनले राष्ट्रपतिले आफ्नो कार्यालय शीतल निवासलाई समेत चार दलीय सेण्डिकेटको कार्यालय बनाएको बताए ।
‘एक दर्जन असक्षम नेताहरुको नेता बनेर उनीहरुसँग छलफल गरेर निकास हुँदैन,’ उनले भने, ‘राष्ट्रपतिले विघठित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलसँगको छलफलबाट निकास खोज्नु पर्छ ।’
उनले जेठ मसान्तसम्ममा निर्वाचन सम्पन्न गराउन प्रधानन्यायधीशलाई निशर्त नेतृत्व दिनु पर्ने बताए । अध्यक्ष थापाले सर्त राखेर जेठमा निर्वाचन हुन नसक्ने उल्लेख गरे ।
‘ब्यवस्थापिका नभएको, कार्यपालिका पनि कामचलाउ मात्रै भएको अवस्थामा शक्तिपृथकीकरणको कुनै हैसियत छैन,’ उनले भने, ‘निर्वाचन पछि आफै शक्तिपृथकीकरण कार्यान्वयन हुन्छ 

Related

राष्ट्रिय 8293210620802616950

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item