उत्तर कोरियाबाट बच्न अमेरिकामा सुरक्षा सर्तकता


काठमाडौं,  चैत ३ ।
उत्तर कोरियाबाट हुने खतराबाट बच्न अमेरिकाले आफ्नो मिसाईल रक्षा प्रणालीलाई थप बलियो बनाउने भएको छ । अमेरीकी रक्षामन्त्री चक ह्यागेलले उत्तर कोरियाबाट अमेरिकाका लागि हुन सक्ने खतरा टार्न देशको पश्चिमी तटीय क्षेत्रमा मिसाइल सुरक्षा बलियो बनाउने योजना सार्वजनिक गरेका छन् । उत्तर कोरियाले लापरबाही पूर्वक काम गरिरहेकाले सुरक्षित बन्नका लागि यस्तो योजना तयार गरेको ह्यागलले एक पत्रकार सम्मेलनमा बताएका छन् ।
गत महिना उत्तर कोरियाले परमाण परिक्षण गरेपछि विश्वका धेरै देश रुष्ट छन् । उत्तर कोरियाले अमेरिका माथि मरमाण हमला गर्ने धम्की पनि दिएको थियो । मिसाईल आक्रमण रोक्न अलास्का र क्यालिफोर्नियामा परिचालन गरिएका अबरोधकहरुको संख्या पनि बढाईने अमेरिकाले बताएको छ । रक्षामन्त्री ह्यागेलले अलास्काको फोर्ट ग्रीलीमा १४ अतिरिक्त अबरोधक, जीबीआई लगायतका उपकरण राखिने बताएका छन् ।

Related

प्रमूखखबरहरु 4115512222691113637

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item