नेकपा माओवादी सहित साना ३४ दलले चरणबद्ध आन्दोलन गर्ने


काठमाडौँ, चैत ३ ।
प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठनको विरोधमा नेकपा नेकपा–माओवादीसहित ३४ दलले भोलीदेखि चरणबद्ध आन्दोलन थाल्ने भएका छन् ।
माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा हिजो बसेको ३४ दलको बैठकले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन असंवैधानिक भएको भन्दै त्यसको विरोधमा भोलिदेखि आन्दोलन गर्ने घोषणा गरेको हो ।
बैठकले मधेसी मोर्चासहित प्रमुख चार दलले प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिएर मुलुकलाई निर्दलियतातर्फ लैजाने दुष्प्रयास गरेको ठहर गर्दै त्यसको भण्डाफोर गर्ने निर्णय गरेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत बैठकले यही भोली ४ गते काठमाडौँलगायत देशका प्रमुख सहरमा विरोध प्रदर्शन गर्ने, ५ गते पूर्वसभासद्सँग अन्तक्र्रिया गर्ने, ६ गते नेपाल बार एसोसियसन, नागरिक समाज र बुद्धिजीवीसँग अन्तक्र्रिया कार्यक्रम गर्ने तय गरेको नेकपा माओवादीका सचिव देव गुरुङले जानकारी दिनुभयो ।
सचिव गुरुङका अनुसार बैठकमा चार दलको असंवैधानिक कामलाई सहयोग पु¥याएको भन्दै राष्ट्रपति, मन्त्रिपरिषद्का अध्यक्ष र मन्त्रीलाई बहिष्कार गर्ने तथा जिल्ला प्रवेशमा रोक लगाउने निर्णय पनि भएको छ ।
सरकार गठनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा चैत्र १ गते चार राजनीतिक शक्तिले असंवैधानिक ढङ्गले चुनावी सरकार गठनको प्रक्रिया अगाडि बढाएको भन्दै नेकपा माओवादी सहितका साना ३४ दल आन्दोलित बनेका हुन् ।

Related

विविध 195958838468930831

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item