नेपाली कांग्रेसले आज त्रीशुली घोषण पत्र जारी गर्दै

http://sindhulidarpan.blogspot.com/2013/03/congress.html
काठमाडौँ, चैत ३ ।
नेपाली कांग्रेसले पार्टीको सिद्धान्त, रणनिति, उदेश्य र अहिलेसम्मका प्राप्त उपलब्धीहरुलाई समिक्षा गर्दै आज त्रीशुली घोषणपत्र जारी गर्ने भएको छ । तीनदिन देखि नुवाकोटको त्रीसुलीमा जारी माहासमिति सदस्यहरुलाई प्रशिक्षण दिने कार्यक्रमको आज समापन गर्दै कांग्रेसले त्रीसुली घोषण पत्र जारी गर्न लागेको हो ।
बागमती र जनकपुर अञ्चलका १० जिल्लाका महासमिती सदस्य तथा भातृ संस्थाका प्रतिनिधिहरुका लागि नुवाकोटमा जारी प्रशिक्षण कार्यक्रम आज साँझ समापन हुदैछ ।

केहिबेर अघि नुवाकोट जील्ला बिकास समितिको हलमा सुरु भएको प्रशिक्षण कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा मिनेन्द्र रीजालले चुनाबी अभियानका बिषयमा कार्यपत्र प्रस्तुत गरीरहनु भएको छ ।
उहाँपछि अर्का केन्द्रीय सदस्य डा प्रकासशरण महतले संगठन बिस्तारबारे कार्यपत्र प्रस्तुत गर्नु हुनेछ । बिद्यार्थी नेता गुरु घिमिरे र तरुण दलका केन्द्रीय सदस्य महेस दाहालले युवा र तरुण संगठनका बिषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको माहासमिति सदस्य शुर्दशन आर्चायले नेपालबाणी नेटवर्कलाई जानकारी दिनु भयो । त्यस्तै आजहुने समापन समारोहलाई उपसभापति रामचन्द्र पौडेल, माहामन्त्री कृष्ण सीटौला, नेता अर्जुन नरशिह केसी, प्रकाशसरण महत र जील्ला सभापति जगदिश नरशिंह केसीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !