खिलराज रेग्मी नेतृत्वको चुनावी तयारी तिव्र

http://sindhulidarpan.blogspot.com/2013/03/nepal_16.html
काठमाडौं चैत्र ३ ।
संबिधानसभाको निर्वाचन गराउने मुख्य एजेण्डाका साथ गठन भएको खिलराज रेग्मी नेतृत्वको मन्त्रीपरिषद्ले चुनावको तयारीलाई तिव्र पारेको छ । प्रमुख चार राजनीतिक शक्तिहरुबीच बुधबार राति भएको सहमति अनुसार नै असार पहिलो साता निर्वाचन सम्पन्न गर्नेगरि काम अगाडि बढाइएको स्रोतले जनाएको छ । हिजो राति अबेरसम्म बसेको मन्त्रीपरिषद बैठकले संबैधानिक परिषद्को काम, कर्तव्य र अधिकारको कार्यबिधि सम्बन्धि ऐन २०६३ लाई संसोधन गर्न बनेको अध्यादेश २०६९ लाई अन्तरिम संबिधानको धारा ८८ को उपधारा १ बमोजिम राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !