कर्णेल लामा थुनाबाट मुक्त


काठमाण्डौ,चैत ३ ।
युद्ध अपराधको मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामा गएराति जेलमुक्त हुनुभएको छ । लण्डनको वेलमार्स कारागारमा दुई महिना १० दिनसम्म थुनामा रहेका लामाले आवश्यक कागजात र धरौटी बुझाएर छुटेका हुन् । लामाले साढे ३६ हजार पाउण्ड बुझाएर रिहा भएको लण्डनमा रहेको नेपाली दुतावासले जनाएको छ । 

तर लामा कारागारबाट छुटेपनि दुतावासले भने कुनै किसिमको यात्रा अनुमतिपत्र वा राहदानी जारी गरेको छैन । धरौटीमा रिहा भए पनि मुद्दाको टुंगो नलागेसम्म लामालाई बेलायत छाड्ने अनुमति भने दिइएको छैन । अदालतले चाहेको बेला लामा हाजिर हुनुपर्ने, कसैसँग सिधा सम्पर्क गर्न नपाइने र घरैमा नजरबन्द जसरी रहनुपर्ने जनाएको छ । फागुन २८ गते बसेको मन्त्रीपरिषदको बैठकको निर्णयअनुसार चैत १ का दिन परराष्ट्र मन्त्रालयलले लन्डन दूतावासमा एसुरेन्स लेटर दिन निर्देशन दिएर छुटाउन पहल गरिएको थियो ।

Related

राष्ट्रिय 2421587607389637218

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item