आजदेखि राजधानीमा तीन दिने तेस्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन हुँदै

http://sindhulidarpan.blogspot.com/2013/03/tamang.html
काठमाण्डौ,चैत ३ ।
विभिन्न मुलुकमा छरिएर रहेका तामाङ समुदायको संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद्को तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा सुरु हुँदै छ । पर्सिसम्म हुने सम्मेलनको आज दिउँसो उपराष्ट्रपति परमानन्द झाले खुलामन्चमा उद्घाटन गर्नुहुने नेपाल तामाङ घेदुङका महासचिव कुमार ब्लोनले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय तामाङ परिषद्को आयोजना हुने सम्मेलनको उद्घाटन अघि झाँकीसहित निस्कने ¥यालीले नगर परिक्रमा गर्ने कार्यक्रम छ ।
भोलिदेखि राष्ट्रिय सभागृहमा बन्दसत्र हुने कार्यक्रम तय भएको छ । “विश्वभरिका समस्त तामाङहरू एकजुट हौं, तामाङ पहिचान र संस्कृति प्रवद्र्धनका लागि सम्पूर्ण ध्यान केन्द्रीत गरौं” भन्ने नारासहित हुन लागेको सम्मेलनमा विभिन्न १८ देशका आठ सय प्रतिनिधिहरू सहभागी हुने जानकारी दिइएको छ । सम्मेलनमा नेपाल, भारत, भुटान, हङकङ, दक्षिण कोरिया, कुवेत, कतार, युएईलगायतका मुलुकबाट प्रतिनिधिहरू सहभागी हुनेछन् । तामाङ समुदायको पहिचान, संस्कृति, भाषालगायतका विषयमा आगामी कार्यनीति तय गर्ने विषयमा छलफल हुने बताइएको छ । यसअघि पहिलो सम्मेलन पनि २०५९ सालमा काठमान्डुमै भएको थियो भने दोस्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन भारतको दार्जीलिङमा भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !