घर भत्कदा आठ जनाको मृत्यु,चार घाईते


जुम्ला,चैत १ ।  
जुम्ला सिजा क्षेत्रको वड्की गाविस वडा नम्वर ४ निवासी देविलाल सार्कीको घर भत्कदा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । गएराती १२ वजेतिर एक्कासी घर भत्कदा वड्की ४ का ३० वर्षिय नुन्नु सार्की, १३ वर्षिय हरिभक्त सार्की, वर्ष ९का लालजीरा सार्की,वर्ष ६ का शुसिला सार्की, १३ वर्षिय सागरा सार्की, तातोपानी गाविसबाट प्रवेशिका परिक्षा दिन गएका १८ वर्षिय हरीदत्त सार्की, तातोपानीकै १८ वर्षिय टंक सार्की र ५ वर्षिय नाम नखुलेका एक बालक सहित ८ जनाको ज्यान गएको हो । 

अविरल वर्षाका कारण घर जिर्ण वन्दै गएको र मानिसहरुको लोड वढेपछि एक्कासी भत्केको हुन सक्ने प्रहरी निरिक्षक योगेन्द्र हमालले जानकारी दिनुभयो । यस्तै घाईते हुनेहरुमा तातोपानी ९ वस्ने २० वर्षिय भानु सार्की, १८ वर्षिय प्रवेशिका परिक्षाका परीक्षार्थी शिवदत्त सार्की, वड्की ४ माफ्लाका ४२ वर्षिय देविदत्त सार्की र ५ वर्षिय कमल साकी रहेका छन । घर भत्किएर च्यापिएर रहेका घाईतेको उद्धार भईसकेको छ भने मृतक सवै पुरिएको अवस्थामा रहेको र प्रहरीले उद्धार कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Related

विविध 4044820240763302930

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item