लोडसेडिङ्ले एसएलसी दिने विद्यार्थीहरुलाई समस्या

http://sindhulidarpan.blogspot.com/2013/03/slc_14.html
ध्रुवचन्द्र खड्का,
सिन्धुली,चैत १ ।
दैनिक १२ घण्टाको लोडसेडिङ्ले एसएलसी दिने विद्यार्थीहरुलाई निकै समस्या भएको छ । एसएलसी परीक्षाको समयमा दैनिक रुपमा लोडसेडिङ् हुनुले सिन्धुलीका विद्यार्थीहरु निकै मारमा परेका छन् । लोडसेडिङ्का कारण रातीको समयमा पढ्न नपाउने र चार्ज समेत गर्न नपाउँदा आफूहरु निकै समस्यामा परेको एक परिक्षार्थी प्रदिप कार्कीले गुनासो गर्नुभयो ।
त्यसो त यस वर्ष सिन्धुलीवाट करिव ६ हजार परिक्षार्थीहरु एसएलसीमा सहभागि भएका छन् । पढ्नुपर्ने बेला बिजुली बाल्न नपाउँदा आफूहरुको पढाईमा निकै बाधा पुगेको भिमानवाट परिक्षामा सहभागि हुन आएकी एक छात्राले गुनासो गरिन् । यस अघिका वर्षहरुमा एसएलसि परिक्षालाई मध्यनजर गर्दै सरकारले रातिको समयमा लोडसेडिङ् नगर्ने निर्णय गथ्र्याे । तर यस वर्ष भने दैनिक दुई घण्टा मात्रै लोडसेडिङ् घटाएर सरकारले विद्यार्थीहरुलाई झनै समस्यामा पारेको छ । आफ्नो तर्फवाट मात्रै केहि गर्न नसकिने विद्युल प्राधिकरण सिन्धुलीले जनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !