नेपाली राजनितीका कुरा

http://sindhulidarpan.blogspot.com/2013/03/political_14.html
काठमाण्डौ,चैत १ ।
मन्त्रिपरिषदको अध्यक्षमा प्रधानन्यायाधीश रेग्मीको सपथ, ३ सदस्यीय मन्त्रिमण्डल विस्तार
प्रधानन्यायाधीश खिलराज रेग्मीले अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षका हैसियतले पद तथा गोपनियताको सपथ लिनु भएको छ । राष्ट्रपति डा रामबरण यादवले शीतल निवासमा आयोजित समारोहमा प्रधानन्यायाधीश रेग्मीलाई अन्तरिम संविधानको धारा १८५ अनुसार पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो । यसअघि राष्ट्रपति यादवले मन्त्रिपरिषदबाट सिफारिस भएको बाधा अड्काउ फुकाउने सम्बन्धि अध्यादेश स्वीकृत गर्नु भएको थियो ।

रेग्मी अन्तरिम मन्त्रीपरिषदको अध्यक्ष भएपछि दलहरुको प्रतिक्रिया
प्रधानन्यायाधीश खिलराज रेग्मी अन्तरिम चुनावी मन्त्रीपरिषदको अध्यक्ष बनेको घटनालाई शीर्ष नेताहरुले ऐतिहासिक घटनाको संज्ञा दिएका छन् । नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले नेपाली जनताको जीत हुने अवस्था आएको भन्दै बाहिर देखिएको सहमति र असहमतिलाई मिलाएर अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले पार्टी भित्रको विवादलाई स्वभाविक भन्दै अब सबै मिलेर निर्वाचनमा जानु पर्नेमा जोड दिनुभयो । प्रधानन्यायधिसको नेतृत्वमा निर्वाचन हुने सुनिश्चित भएकोले यसलाई उपलब्धीको रुपमा लिनुपर्ने उहाँको भनाई थियो । नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले प्रधानन्यायाधीसको नेतृत्वमा चुनावी परिषद गठन ऐतिहासिक घटनाको रुपमा रहेको भन्दै यो सँगै नेपालमा फेरि राजनीतिक सहमतिको संस्कार सुरु भएको दावी गर्नुभएको छ । उहाँले अब तोकिएको समयमा संविधानसभाको निर्वाचन हुने र नेपाली जनताले आन्दोलनबाट प्राप्त गरेका उपलब्धि संस्थागत हुने विश्वास ब्यक्त गर्नुभयो । सडकमा सुनिएका विरोधका स्वरहरुलाई ब्यवस्थापन गर्दै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दे नेकपा माओवादी सहितका दलहरुलाई पनि सहमतिमा चुनावमा लिएर जाने बताउनुभयो । यस्तै एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश अब चुनावमा होमिएको प्रतिक्रिया दिनुभयो ।
निवर्तमान प्रधानमन्त्री भट्टराईले बालुवाटार छोड्नुभयो
प्रधानन्यायाधीश रेग्मीले अन्तरिम मन्त्रिपरिषदको अध्यक्षमा सपथग्रहण गरे लगत्तै निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले प्रंधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्नु भएको छ । गएराती दलहरुबीच भएको सहमति अनुसार बिहान हतारमा आफ्ना सहयोगी, कर्मचारी र बालुटारमा रहेका सुरक्षाकर्मीलाई भट्टराईले बोलाएर जानकारी दिएपछि बालुवाटार छोड्नु भएको हो । उहाँ आजैबाट यसअघि बस्दै आएको सानेपाको घरमा सर्नु भएको छ । भट्टराईले अहिलेसम्म आफुलाई सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिनु भएको छ । यसअघि जनताका नाममा सम्वोधन गरेर राजीनामा दिने तयारी भए पनि दलहरुबीच रातारात सहमति भएपछि सम्वोधन गर्ने कार्यक्रम पनि स्थगन गरिएको भट्टराईको निजी सचिवालयले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !