दुर्घटनामा एक विद्यार्थिको मृत्यु, १५ जनाको अवस्था गम्भिर


  दाङ,चैत ५ ।
एसएलसी परिक्षामा सहभागि भई फर्कने क्रममा सल्यानमा १ जना परीक्षार्थीको मृत्यु भएको भने १५ जना गम्भीर घाईते भएका छन् । लुहापिङ परिक्षा केन्द्रबाट बिज्ञान बिषयको परिक्षामा सहभागि भई फर्कने क्रममा ट्याक्टर दुर्घटना हुदा खलङा गाविस वडा नम्बर १ सीतलपाटी निवासी मीना योगीको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परि ३१ जना मध्ये १५ जना गम्भीर घाईते भएका पत्रकार उत्तम हमालले जानकारी दिनुभयो । गम्भीर घाईतेको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Related

विविध 7044772773013656727

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item