महोत्तरीमा मोटरसाईकल दुर्घटना,सिन्धुलीका वस्नेत सहिद दुई घाईते

http://sindhulidarpan.blogspot.com/2013/03/accident_19.html
महोत्तरी,चैत ६ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको माइस्थान ८ टुटेश्वर चोकमा सवारी दुर्घटना हुंदा २ जना गम्भीर घाइते भएका छन् । गएराती करिव ८ बजेतिर पुर्व बाट पश्चिमतर्फ जाँदै गरेको ना३ख ९६१६ न. को काठको गोलिया बोकेको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको ज ४ प ५१ न. को मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक सिन्धुली रानीवास ४ बस्ने बर्ष ३१ का बिनोद श्रेष्ठ र मोटरसाइकलमा सवार सोहि ठाँउका प्रमोद बस्नेत घाइते भएका हुन् । घाइते मध्य मोटरसाइकल चालक श्रेष्ठको बर्दिवास स्थित होप अस्पतालमा उपचार भैरहेको र बस्नेतको अबस्था गम्भीर भएका कारण थप उपचारार्थ काठ्माण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ । ट्रक तथा चालक हाल इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !