खोटाङ र ओखलढुंगा जोड्ने झोलुङ्गे पुल निर्माण


खोटाङ,चैत ६ ।
खोटाङको डुम्रेधारापानी र ओखलढुंगाको दियालेबीचको दुधकोशी नदीस्थित सिस्नेरी दोभानमा झोलुङ्गे पुल निर्माण भएको छ । नेपाल सरकार, स्वीस बिकास सहयोग एसडिसि, स्थानीय पुल सहयोग इकाई (टिबीएसयू), जिल्ला बिकास समिति, गाबिस तथा उपभोक्ताको ३१ लाख ४० हजार ९१९ रुपैयाँको लागतमा डुम्रेधारापानी–९ र दियाले–९ जोड्ने झोलुङ्गे पुल निर्माण भएको हो । 
हिमाली क्लव दिक्तेलको सामाजिक र प्राबिधिक सहयोगमा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएको हो । दुई वर्ष लगाएर पुल निर्माण गरिएपछि दैनिक दुई सय सर्वसाधारणले नदी वारपार शुरु गरेको हिमाली क्लवका अध्यक्ष नारायणप्रसाद जोशीले बताउनु भयो ।

Related

विविध 4386987128864087770

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item