गाविस सचिव सरुवा गरेको भन्दै स्थानीय राजनीतिक दलद्धारा विरोध


प्रकाश सुन्दास, 
काभ्रे,चैत ६ ।
गाविस सचिवलाई सरुवा गरेको भन्दै पश्चिम सिन्धुपाल्चोकको शिखरपुर गाविसका स्थानीय राजनीतिक दलहरुले विरोध जनाएका छन् । बिना कारण जिल्ला विकास समितिले सचिवलाई सरुवा गरेको बताउँदै गाविसमा क्रियाशिल एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा–माओवादी लगायतका दलहरुले आपत्ति जनाएका हुन् । 

उनीहरुले वर्तमान सचिव जगतमान ताल्चा भडेललाई नै यथावत् राख्न सर्वदलिय बैठक मार्फत जिविसलाई आग्रह समेत गरेका छन् । छिमेकी नवलपुर गाविस घरभएका सचिव भडेलले सेवाग्रहीको कामप्रति इमान्दार र कार्यालयमा नियमित उपस्थित हुने जस्ता विशेषता देखाउँदै सरुवा रोक्न जिविसलाई निर्णय सहितको पत्र पठाइएको एमाले गाउँ कमिटीका अध्यक्ष बालसुन्दर सापकोटाले बताउनुभयो ।

Related

विविध 1039531535643384063

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item