धनुषामा बालिकाको हत्या


महोत्तरी,चैत ६ ।
धनुषाको नक्टाझिजमा रहेको उखु बारीमा हत्या गरेको अवस्थामा गएराती एक बालिकाको शव फेला पेको छ । नक्टाझिज १ का श्यामलाल महतोको उखु बारीमा अन्दाजी ७ बर्षकी बालिकाको आधा जलेको शव फेला पेको हो । मृतक बालिकाको अझै पहिचान हुन नसकेको धनुषाका प्रहरी उपरिक्षक बसन्तकुमार पन्तले जानकारी दिनु भयो । 

राती ८ बजे आफ्नो उखु बारीमा अचानक आगलागि भएपछि आगो निभाउन गएका श्यामलाल महतोले बलिरहेको आगोमा बालिकाको शव देखेपछि प्रहरीलाई खवर गर्नु भएको थियो । उखुको पत्करभित्र  दाउरामाथि बालिकाको शव राखेर आगो लगाएको पाइएको प्रहरीले जनाएको छ ।  अन्तै बालिको हत्या गरेर उखु बारीमा ल्याएर शव जलाउन खोजेको आशंका प्रहरीले गरेको छ । बालिकाको शव पोष्ट मार्टमको लागि अञ्चल अस्पताल जनकपुर लगिएको छ । घटनाको अनुसन्धान शुरु गएिको प्रहरी उपरिक्षक पन्तले जानकारी दिनु भयो ।

Related

विविध 3553064087362969429

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item